खुल्ने भयो सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा (सूचनासहित)

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले बुधवार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको हो ।

विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

जारी सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र (ड्रइभिङ लाइसेन्स) को परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका यातायात कार्यालयहरुको माग बमोजिम खोलिने हुँदा सो को जानकारीका लागि सम्बन्धित प्रदेश मन्त्रालय र सम्बन्धित यातायात कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?