४ बजे डाकिएको मन्त्रिपरिषद् बैठक सर्‍यो

काठमाडौं – आज (बिहीबार) अपरान्ह ४ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेको छ। बैठक ५ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्नेछ ।

हरेक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । सोहि अनुरुप आज प्रधानमन्त्री निबास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर पछिल्लो समय पार्टीमा विवाद चर्किरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?