काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि हिजो (बुधबार) तनहुँमा भएको दुर्व्यवहार र धरपकडविरुद्ध दोलखामा प्रदर्शन भएको छ ।
सरकारले अधिनायकवादी शैलीमा आफ्नो पार्टीका वरिष्ठ नेतालाई धरपकडसहित आफ्नै गृहजिल्लामा अभद्र व्यवहार गरेको भन्दै दोलखा कांग्रेसले नाराजुलुससहित प्रदर्शन गरेको हो ।
केन्द्रिय समितिको निर्देशनमा आन्दोलन शुरु गरिएकोले सरकारले माफी नमाग्नुजेल आन्दोलन जारी रहने कांग्रेस नेताहरु बताउँछन् ।
चरिकोटस्थित कांग्रेसको पार्टी कार्यालयबाट निस्केको शंख जुलुस पशुपति मन्दिर हुँदै सातदोबाटो चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

हिजो (बुधबार) निषेधाज्ञा तोडेर बुल्दीखोलाको पुल उद्घाटनमा पुगेका उनीमाथि धरपकड भएको थियो । उनलाई केहीबेर प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।
यसैबीच नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज (बिहीवार) तनहुँ ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् ।
कांग्रेसका कार्यकर्ताले उद्घाटन समारोहमा बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजी समेत गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया