ड्रग्स केसबाट रिहा भएपछि पहिलो पटक आदित्यको विवाह पार्टीमा पुगे भारती-हर्ष

काठमाडौं । चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायणले १ डिसेम्बरमा विवाह गरेका थिए ।

उनले प्रेमीका तथा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गरेका हुन् । उनीहरुले बुधवार २ बजे मुम्बईको फाइभ स्टार होटलमा विवाहको रिसेप्शन राखेका थिए ।

जसको फोटो र भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । उनको रिसेप्शन पार्टीमा बलिउडका केहि चर्चित सेलिब्रेटीहरु पुगेका थिए ।

कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचिया पनि ड्रग्स केसबाट रिहा भएपछि पहिलो पटक पार्टीमा पुगेका थिए ।

उनीहरु ड्रग्स केसमा फसेपछि पहिलो पटक पब्लिकली देखिएका हुन् । उनीहरुले रिसेप्शनमा धेरै इन्जोएसमेत गरेका छन् ।

उनीहरु भाइरल भिडियोमा डान्स गरिरहेको देखिएको थियो । भारती र हर्षलाई एनसीबीले २१ नोभेम्बरमा पक्राउ गरेको थियो । उनीहरुको घरमा छापा मार्दा ८६.५ ग्राम गाँजा पाइएपछि एनसीबीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?