काठमाडौं । कैलालीको गाईमारा सडकखण्डमा जन्ती बोकेको माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा बेहुला-बेहुलीसहित १३ जना घाइते भएका छन्
बैतडीबाट कञ्चनपुरका लागि छुटेको माइक्रोबस सडकबाट खस्दा २१ वर्षका बेहुला गोविन्द लुहार र २० वर्षकी बेहुली डम्मरा लुहार घाइते भएका कैलाली प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियामा रहेको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।
बेहुला र बेहुलीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया