१४ आश्विन २०७९, शुक्रवार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काँग्रेसमा १५५ जना आकांक्षी

२०७४,आश्विन,१४,शनिवार १२:२५

0
Shares

पोखरा, १४ असोज – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कास्कीमा १५५ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् ।पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं १ मा ५९, क्षेत्र नं २ मा ४२ र क्षेत्र नं ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिले जनाएका छन् ।क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्या फत्तेबहादुर गुरुङ, गुरु बराल, तिलक रानाभाट, कृष्णबहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिनुभएको क्षेत्रीय सभापति विर्जमान गुरुङले जानकारी दिनुभयो ।त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ संख्या पोखरेल, गौरी सापकोटा, सरस्वती गुरुङ, परशुराम वी पोखरेल, प्रा पदमशरण रेग्मी, तारा अधिकारी र हुमबहादुर गुरुङले आकांक्षा देखाउनुभएको छ ।क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २३, समानुपातिकतर्फ आठ, क्षेत्र नं १ (ख) को प्रत्यक्षतर्फ छ र समानुपातिकतर्फ आठजनाले निवेदन दिएका छन् । यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोभियतबहादुर अधिकारी, ऋषिराम काफ्ले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरुप्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताउनुभयो ।त्यस्तै समानुपातिकतर्फ रजनी केसी, सकुन्तला कोइराला, प्रा डा रामचन्द्र पोखरेल, खेमकुमारी बराल, विन्दादेवी आले, गंगाबहादुर खत्री र पद्मसिंह गुरुङ उम्मेदवारको आकांक्षी हुनुहुन्छ ।प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा पाँच÷पाँचजना आकांक्षी हुनुहुन्छ । क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा नौजना उम्मेदवारको आकांक्षी बन्नुभएको छ ।यस्तै क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, खेमराज पौडेल, बाबुराम आचार्य, दीपक गुरुङ र भरतजङ्ग कुँवर तथा समानुपातिकतर्फ भोला थापा, सुरेन्द्रबहादुर भारी, कृष्णकुमारी परियार, रामजी कुँवर, गौमती थापा, गंगा केसी, मनबहादुर विश्वकर्मा लामगादे, रामप्रसाद अधिकारी र पोषनाथ शर्माले आकांक्षा देखाउनुभएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।त्यस्तै प्रदेशसभा क्षेत्र नं ३ (क) को प्रत्यक्षतर्पm आठ, समानुपातिकतर्फ १७, क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ छजनाले उम्मेदवार बन्न निवेदन दिनुभएको बताइएको छ ।क्षेत्रीय समितिहरुमा उम्मेदवार बन्ने आकांक्षीको नामावली जिल्ला समितिमा छलफल गरेर पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिने जिल्ला सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १२:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१ आज नवरात्रको चौथो दिन, शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीक कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइयो । २. माफी

धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनीधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । नेपाली

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन् ।

काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको

ताजा समाचार

धमाधम बजार अनुगमनमा काठमाडौं महानगर
 २०७९,आश्विन,१४,शुक्रवार ०८:०१
बुटवलका सडकमा खुला दूध बेच्न रोक लगाइयो
 २०७९,आश्विन,१४,शुक्रवार ०७:३१
आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने
 २०७९,आश्विन,१४,शुक्रवार ०७:२४