पूर्व-गृहमन्त्री नैनबहादुर स्वाँरको निधन

काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ ।

उनको आज (बिहीवार) ९५ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण मुक्त भएको केही दिनमै उनको निधन भएको बताइएको छ ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए ।

पञ्चायतमा पनि उदार खेमामा रहेका उनी जनमतसंग्रह पछि भने थापासँग नजिक भएका थिए । उनका दुई छोरा र चारजना छोरी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?