आदित्यको विवाहमा मोदीको चिठी

काठमाडौं । चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिठी पठाएका छन् ।

आदित्यले अभिनेत्री श्वेता अग्रवालसँग मंगलवार विवाह गरेका थिए ।

१ डिसेम्बरमा उदित नारायणले आफ्नो ५६ औँ जन्मदिन पनि मनाएका थिए । सोहि दिन नै उनका छोरा आदित्यले विवाह गरेका हुन् ।

उनको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिठी पठाएका छन् । उनले आदित्यको विवाहमा शुभकामना सन्देश पठाएका हुन् ।

यसको उत्तरमा उदितले शुभकामना सन्देश पठाएकोमा आफू गर्भवान्वित भएको बताएका छन् ।

साथै बलिउड महानायक अमिताभ बच्चनले पनि शुभकामना पत्र पठाएका छन् । रक्षामन्त्री राजनाथ सिंहको तर्फबाट पनि फोन आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?