काठमाडौं । यहि मंसिर २२ गते अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्दैछिन् ।
दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको पुष्टि भएको हो । उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने श्वेता निकट स्रोतले बताएको छ ।
चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया