काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । बुधवार राति भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता बार्सिलोनालाई ग्रिजम्यानले दिलाएका थिए ।

ब्रेथवेटले डेम्बेलेको पासलाई सदुपयोग गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको २८ औं मिनेटमा डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै बार्सिलोना ३ गोलको अग्रता बनाएको थियो ।
बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्टससँग भिड्दै छ । बार्सिलोना १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । हंगेरीको क्लबको मात्र एक अंक छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया