२१ असार २०७९, मंगलवार

नाचसहित बडघरमा टीका थाप्दै कञ्चनपुरका थारु समुदाय

२०७४,आश्विन,१४,शनिवार १२:१५

0
Shares

कञ्चनपुर, १४ असोज – कञ्चनपुरका थारु समुदाय बडादशैँको टीका थाप्नका लागि नाचसहित बडघरमा जम्मा भएका छन् ।गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारु समुदायले बडघर भन्ने गरेका छन् ।पालो पर्खंदै पहुरा लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि बडघरमा लामबद्ध भएका छन् । थारु समुदायमा बडा दशैँको टीका बडघरमा गएर थाप्ने परम्परागत चलन छ ।टीका थाप्न गाउँगाउँबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताउनुभयो ।गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आर्शीवाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो । बडघरपछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिकरुपमै थारु समुदायले टीका थाप्ने गर्छन् ।टीका थाप्नेहरुका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछामासु र तरकारी खुवाउने व्यवस्था मिलाएको जोनापुरका बडघर रामप्रसाद चौधरीले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरु कहाँ नाचसहित पहिलोपटक टीका थाप्न जाँदै गरेको पनि उहाँले बताउनुभयो ।टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो । आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमंग थपिएको उहाँले बताउनुभयो ।टीकापछिको दोस्रो दिन घरघरमा गएर अन्तिमपटक सखिया नाच नाचेर दशैँ अन्त्य हुने थारु अगुवाहरुले बताएका छन् । थारु गाउँमा सखिया नाचको रौनकतासँगै उमंग छाएको छ । युवाहरु मादल बजाउनमा र युवती परम्परागत लेहंगा चोल्या र आभूषणमा सजिएर नृत्य गर्नमा व्यस्त छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा

सुर्खेत । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६