युभेन्टसको जितसँगै रोनाल्डोको ७ सय ५० गोल पूरा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्टसले डायनामो किभलाई पराजित गरेको छ । बुधवार राति भएको समूह जीको खेलमा युभेन्टसले डायनामो किभलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

Juventus vs. Dynamo Kiev FREE LIVE STREAM (12/2/20): Watch UEFA Champions League group stage online | Time, TV, channel - nj.com

युभेन्टसको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पूरा गरे । युभेन्टस यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

खेलको २१ औं मिनेटमा चिसाको गोलमा युभेन्टसले खेलमा अग्रता लिएको थियो । युभेन्टसका लागि रोनाल्डोले दोस्रो गोल गरेका थिए । मोराटाले ६६ औं मिनेटमा गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरेका थिए ।

Juventus vs Dynamo Kiev: Live stream FREE, TV channel, team news and kick-off time for Champions League clash – The Us Posts

किभको समूह चरणमा मात्र एक अंक रहेको छ । शीर्ष क्लब बार्सिलोनाको १५ अंक छ । युभेन्टस १२ अंक सहित दोस्रो स्थानमा छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?