सावधान ! पिसाब रोक्दा हुनसक्छ यी गम्भीर समस्या

काठमाडौं । धेरैको बानी हुन्छ, पिसाब रोक्ने । कहिले चाहिँ कामको व्यस्तताले गर्दा पिसाब गर्न भुलिन्छ । कतिले अल्छी गर्छन् । यात्राको क्रममा पनि पिसाब रोक्न बाध्य भइन्छ । तर, यो बानी एकदमै घातक हो । यसले हाम्रो शरीरमा अनेकौं रोग निम्त्याउन सक्छ ।

– लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा ब्याक्टेरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मूत्रनलीमा संक्रमण नित्याउँछ ।

– पिसाब रोकेर राख्नाले मूत्रथैलीमा त्यसले असर गर्छ । मूत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ ।

– पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौं भने उक्त टक्सिन मृगौलामा पुग्छ र पत्थरीको समस्या पैदा हुन्छ ।

– लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्गन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो ।

– पिसाब रोक्नाले मूत्रथैली फुलिन्छ । यसले गर्दा मूत्रथैलीको छाला कमजोर हुन्छ । साथै दुखाइ पनि सुरु हुन्छ ।

– पिसाब रोक्दा त्यसको दबाब मृगौलामा पर्छ । यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?