बुधवार कोरोनाबाट विश्वमा हालसम्मकै सबैभन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ भने ६ करोड ४८ लाख ३८ हजार ८९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ४९ लाख ३६ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ६ हजार ६९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बुधवार ६ लाख ३४ हजार ९७० जनालाई संक्रमण भएको छ भने १२ हजार ३७६ जनाको मृत्यु भएको छ । यो संख्या विश्व्मा एकैदिन मृत्यु हुनेहरुमा सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?