सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ ।
अहिले धेरै कम्पनीका सेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ । धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी छ ।
‘२०७७ असारको तुलनामा मंसिर ११ सम्मको सूचीकृत कम्पनीको सेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्य वृद्धि हुनेमा ३१ कम्पनी छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘वृद्धिको उल्लेख्य कारण यकिन हुन सकेन ।’ यी कम्पनीको मूल्य वृद्धिलाई उचित मान्न सक्ने कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनले सुझाएको छ ।
अस्वाभाविक रूपमा सेयर मूल्य बढ्ने कम्पनीले कम मात्र सेयर सर्वसाधारणलाई जारी गरेका छन् । सीमित व्यक्तिसँग मात्र सेयर भएकाले ती सेयर ‘कर्नरिङ’ गरी चलखेल गरेर मूल्य बढाइएको हुन सक्ने अध्ययनको निष्कर्ष छ । कान्तिपुरमा खबर छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया