९ चैत्र २०७९, बिहीवार

नाचसहित बडघरमा टीका थाप्दै कञ्चनपुरका थारु समुदाय

२०७४,आश्विन,१४,शनिवार १२:१५

9
Shares

कञ्चनपुर, १४ असोज – कञ्चनपुरका थारु समुदाय बडादशैँको टीका थाप्नका लागि नाचसहित बडघरमा जम्मा भएका छन् ।गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारु समुदायले बडघर भन्ने गरेका छन् ।पालो पर्खंदै पहुरा लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि बडघरमा लामबद्ध भएका छन् । थारु समुदायमा बडा दशैँको टीका बडघरमा गएर थाप्ने परम्परागत चलन छ ।टीका थाप्न गाउँगाउँबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताउनुभयो ।गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आर्शीवाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो । बडघरपछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिकरुपमै थारु समुदायले टीका थाप्ने गर्छन् ।टीका थाप्नेहरुका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछामासु र तरकारी खुवाउने व्यवस्था मिलाएको जोनापुरका बडघर रामप्रसाद चौधरीले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरु कहाँ नाचसहित पहिलोपटक टीका थाप्न जाँदै गरेको पनि उहाँले बताउनुभयो ।टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो । आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमंग थपिएको उहाँले बताउनुभयो ।टीकापछिको दोस्रो दिन घरघरमा गएर अन्तिमपटक सखिया नाच नाचेर दशैँ अन्त्य हुने थारु अगुवाहरुले बताएका छन् । थारु गाउँमा सखिया नाचको रौनकतासँगै उमंग छाएको छ । युवाहरु मादल बजाउनमा र युवती परम्परागत लेहंगा चोल्या र आभूषणमा सजिएर नृत्य गर्नमा व्यस्त छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००