काठमाडौं – बल्झिँदै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे टिप्पणी गर्दै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेकपा भित्रका दुवै गुटको आरोप- प्रत्यारोपमा निरपेक्ष एकता र विधिको कुरा गरेको देखिएको तर परम्परागत कम्युनिष्ट पार्टीको विचार/ नीति/ संरचना र तिनको समयानुकुल परिवर्तनवारे कुनै चासो नदेखिएकोले सोभियत संघ लगायत विश्वभर कम्युनिष्ट पार्टीको अवसान र क्षयीकरण भएको सन्दर्भ उठाएका छन् ।
आज बसेको नेकपा सचिवालय बैठक पनि विना कुनै निष्कर्ष फेरि २० गतेको लागि बस्ने गरी सकिएको थियो । नेकपामा चुलिएको विवाद सन्दर्भलाई लिएर उनले प्रश्न गरेका छन्, ‘सोभियत संघ लगायत विश्वभर कम्युनिष्ट पार्टीको अवसान र क्षयीकरण किन भएको होला ? ती पार्टी एकतावद्ध थिएनन् र ? खै चुरो कुरोमा वहस ?
दुई अध्यक्षको मनमुटाव चुलिएसँगै नेकपामा पछिल्लो समय विवादहरु सतहमा आउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया