काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा आपत्ती जनाएका छन् ।
उनले प्रहरीको हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य रुपमा घटेको घटना मात्र नभएर सुनियोजित तवरले घटाइएको घटना भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेल जो नेपालको पूर्व सभामुख मात्र नभएर नेपालको लोकातान्त्रिक आन्दोलनको खम्बा हुनुहुन्छ । उहाँ जत्तिको व्यक्तित्वको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य रुपमा घटेको घटना होइन, सुनियोजित तवरले घटाइएको घटना हो । नेपाली कांग्रेस पार्टीको नेतासँगको राजनीतिक प्रतिशोध हो, शक्तिको उन्मत्तामा घटित घटना हो। यो घटनाले सरकारको सर्वसत्तावादी चरित्रलाई उदाङ्गो बनाएको छ। यो कदमले सरकारले ठूलो मूल्य चुकाउनुपर्ने छ ।
अब नेपाली कांग्रेसको मार्ग आन्न्दोलन नै हो ।
अब आन्दोलनको विकल्प रहेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया