वरिष्ठ नेता पौडेलको रिहाइको माग राख्दै नेविसंघको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले वरिष्ठ नेता रामचन्द्र पौडेलको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ ।

गृह जिल्ला तनहुँको ब्यास नगरपालिकामा निर्माण गरिएको पुल उद्घाटन गर्न जाने क्रममा बुधवार दिउँसो वरिष्ठ नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीसहित पक्राउ परेका अन्य नेताहरुको बिना सर्त रिहाईको माग राख्दै काठमाडौंको माइतिघरमा नेविसंघले प्रदर्शन गरेको हो ।

नेता पौडेलको रिहाइको माग राख्दै देशभर नेविसंघले विरोध प्रदर्शन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?