पौडेललाई पक्राउ गरेर सरकारको असली चरित्र उदांगियो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतलाई प्रहरीले पक्राउ गर्नु निन्दनीय रहेको बताएका छन् ।

गृह जिल्ला तनहुँको ब्यास नगरपालिकामा निर्मित पुल उद्घाटनमा गएका वरिष्ठ नेता पौडेललाई पक्राउ बुधवार दिउँसो पक्राउ गरेको थियो ।

नेता सिंहले पञ्चायती र राजाको प्रत्यक्ष शासनकाल बिर्साउनले गरि धरपकडा गरिनु सरकारको अन्त्यको दिन गणना गरेको बताएका छन् । उनले भने, “नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस तनहुका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिनु निन्दनीय छ । पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथिनै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको छ ।”

आफ्ना नेता कार्यकर्ताहरुलाई गरिने यस्ता किसिमका दुव्र्यवहारप्रति कांग्रेसले आपत्ती जनाउने समेत नेता सिंहले बताएका छन् । त्यस्तै कार्यक्रमलाई प्रभावित पार्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको समेत नेता सिंहले आरोप लगाएका छन् । साथै कांग्रेसका नेता कार्यकर्तामाथि धरपकड गर्ने, स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने,नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएको यो सत्ताको चरम दुरुपयोग भएको उनले बताए ।

नेपाली कांग्रेस आफ्ना नेताहरुमाथि हुने यसप्रकारको दुव्र्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गर्दछु । कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ । कांग्रेसका नेता कार्यकर्तामाथी धरपकड गर्ने, स्वतन्त्रतापूर्बक हिँडडुल गर्न पाउने,नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग हो ।” उनले भने ।

साथै यस्ता किसिमका गतिविधिले सरकारको असली चरित्र उदांगिएको समेत बताएका छन् । पक्राउ परेका नेता पौडेललाई तत्काल स सम्मान रिहाईको माग गरेको छ । यदि रिहाई नगरिए त्यसलाई कांग्रेसले सशक्त प्रतिवाद गर्ने समेत चेतावनी दिएका छन् ।

उनले भने, “यसले नेकपा सरकारको असली चरित्र उदांगिएको छ । तत्काल उहाँलाई ससम्मान रिहाई गर्न माग गर्दै त्यसो नगरिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छु घटनाको यतार्थ छानबिन गर्न समेत आग्रह गर्द्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?