७ चैत्र २०७९, मंगलवार

यात्रा पर्व : डोलामा आउने भगवतीको कुखुरामा बिदाइ

२०७४,आश्विन,१४,शनिवार ०५:०४

0
Shares

 जनकपुरधाम, १४ असोज – बडादशैँअन्तर्गत आज मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।धार्मिक मान्यताअनुसार आजका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला, बंगाल र आसाममा भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन बिदा भई ससुराली जाने मान्यताका साथ माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई बिदाइ (बिसर्जन) गरिने चलन छ ।पण्डित मिथिलेश ठाकुरका अनुसार मिथिला, बंगाल र आसामको मान्यताअनुसार यसपटक भगवती दुर्गाको आगमन डोलामा र बिदाइ कुखुरामा रहेको छ ।आजका दिन दशवटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभकार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहुत्र्तको विचार गरिरहनु नपर्ने भनिन्छ ।यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजवानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने चलन छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिलै नै ठम्याएर राखिने गरिन्छ ।यात्राका दिन आस्थावान् कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक शिलान्यास गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले गोरखा पालुङटारमा २० किलोमिटर सडकको

बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको

काठमाडौं । चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन् । नेपाली चलचित्र ‘प्रेम गीत’

काठमाडौं । बिहान ८ बजेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८