आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै रिसाए बाबुराम, गरे यस्तो ट्वीट

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफू विरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरुप्रति खनिएका छन् ।

बुधवार एक ट्वीट गर्दै जानेर र नजानेर वा उक्साहटमा आफूविरुद्ध लाग्नेहरु विरुद्ध खनिँदै उनीहरुको विरुद्धमा नलाग्ने बरु आफू आफ्नो लक्ष्यमा निरन्तर लाग्ने बताएका छन् ।

आफ्ना विरुद्ध लाग्नेहरुलाई विन्सटन चर्चिलको शब्द सापटी लिँदै निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।

उनले भने, “जानेर/नजानेर/उक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु(मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ। ती भुक्ने कुकुरहरूको भलो होस् !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?