काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतको प्रशिक्षणका लागि एन्फाले बुधवार ५८ खेलाडी बोलाएको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
एन्फाले बन्द प्रशिक्षणका लागि ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्डलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
नेपाली टिमले कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण गर्ने छन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु
डिफेन्डर : देवेन्द्र तामाङ, विराज महर्जन,रजिन धिमाल, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल
फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया