२०७८,श्रावण,१०,आईतवार

यात्रा पर्व : डोलामा आउने भगवतीको कुखुरामा बिदाइ

२०७४,आश्विन,१४,शनिवार ०५:०४


 जनकपुरधाम, १४ असोज – बडादशैँअन्तर्गत आज मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।धार्मिक मान्यताअनुसार आजका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला, बंगाल र आसाममा भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन बिदा भई ससुराली जाने मान्यताका साथ माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई बिदाइ (बिसर्जन) गरिने चलन छ ।पण्डित मिथिलेश ठाकुरका अनुसार मिथिला, बंगाल र आसामको मान्यताअनुसार यसपटक भगवती दुर्गाको आगमन डोलामा र बिदाइ कुखुरामा रहेको छ ।आजका दिन दशवटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभकार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहुत्र्तको विचार गरिरहनु नपर्ने भनिन्छ ।यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजवानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने चलन छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिलै नै ठम्याएर राखिने गरिन्छ ।यात्राका दिन आस्थावान् कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९ का

काठमाडौं । भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ लोधोगार दामोदरकुण्ड गाउँपालिका–४

काठमाडौं । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर

डोटी । जिल्लामा मदिराका कारण आपराधिक घटनामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस आवमा

ताजा समाचार

कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२
सत्ता गठबन्धनले बनाए यस्तो खाका
 २०७८,श्रावण,१०,आईतवार ०७:४४