हार्दिक पाण्डेको ‘वन-डे’मा छैटौँ अर्धशतक

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको वन डे सीरीजको तेश्रो र अन्तिम म्याच क्यानबेरामा भईरहेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले यो समाचार तयार पार्दासम्म ४७ ओभर सकिँदा ५ विकेट गुमाउँदै २६१ रन बनाएको छ ।

अहिले क्रिजमा हार्दिक पाण्डे र रविन्द्र जडेजा रहेका छन् ।

जडेजा ४० बलमा ३९ रन बनाएर स्ट्राइकमा छन् भने पाण्डे ६९ बलमा ७९ रन बनाएर क्रिजमा रहेका छन् ।यसैबीच पाण्डेले वन डेमा आफ्नो छैटौँ अर्धशतक प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?