लागुऔषधसहित १ जना पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका-११ का २३ बर्षीय अनिल साहलाई अवैध लागुऔषध १०० एम.एल.को डाईलेक्स डि.सी.२४ वोतल, नाईट्राभेट २९१ ट्यावलेट, नाईट्रोसन १२० ट्यावलेट र स्पास्मोप्रोक्सिभोन १८३ क्याप्सुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?