लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

काठमाडौं । जितसँगै लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलवार राति भएको समूह डी को खेलमा लिभरपुलले अजाक्सलाई १-० ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

खेलको ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि विजयी गोल गरे ।  समूह डीमा शीर्ष स्थानको लिभरपुलको १२ अंक रहेको छ । अजाक्स ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?