काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
मंगलवार राति भएको समूह बी अन्तरगतको खेलमा रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कसंग २–० को हार व्यहोरेको हो ।
यो हारसँगै च्याम्पियन्स लिगमा रियल मड्रिडको यात्रा कठिन बनेको छ ।

खेलको ५७ औं मिनेटमा डेनटिनहोले गोल गर्दै शख्तरलाई अघि बढाएका थिए । खेल सकिन ८ मिनेट अघि मनोर सोलोमनले शख्तरको जित सुनिश्चित गरेका थिए ।
हारसँगै रियल समूह बीको तेस्रो स्थानमा झरेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी रहँदा अघिल्लो चरण प्रवेश गर्न रियलले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई पराजित गर्नु पर्ने छ ।
जित सहित शख्तर ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया