काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ८६ हजार ६०९ जनाको मृत्यु भईसकेको छ भने ६ करोड ४१ लाख ८८ हजार ९६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ४४ लाख ३७ हजार ९८० जना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा हालसम्म कोरोना भाइरसका कारण १ लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ भने ९४ लाख ९९ हजार ७१० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८९ लाख ३१ हजार ७९८ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख २९ हजार ७५३ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ३६ हजार ४५६ जना संक्रमित थपिएका छन् भने ५०० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया