काठमाडौं – सडकमा ‘सिग्नल’ दिन राखिएका बत्तिहरु बेवास्ता गरी सवारी साधन चलाउनुहुन्छ भने होसियार ट्राफिक प्रहरी महाशाखाले ल्याएको नयाँ नियम ल्याएको छ ।
महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको हो।
यसअघि अन्य सवारी नियम उल्लंघन गर्दा जरिवाना तिराईने र सचेतना कक्षा लिन लगाउने गरिएकोमा अब ट्राफिक लाईट नहेरी सवारी हाँकेमा वा सिग्नल वेवास्ता गरी हिँडेमा अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिनुपर्नेछ ।
यसैबीच लकडाउन अघि ट्राफिक कारबाहीमा परेका चालकहरु स्वयंम् बग्गिखाना गएर आफैँ ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको छ ।
अब चालकलाई अनलाईनमार्फत् भर्चुअल कक्षा लिन लगाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया