१३ चैत्र २०७९, सोमवार

दशैँमा अस्वस्थ्य मासु खान बाध्य

२०७४,आश्विन,१४,शनिवार ०५:००

0
Shares

 इनरुवा, १४ असोज- दशैँमा सुनसरीको विभिन्न ठाउँमा अव्यवस्थित पशु बध गरी मासु बिक्री गरिएको पाइएको छ ।बजार अनुगमनको अभाव र दशैँमा मासु खानैपर्ने संस्कारले उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य छन् । नियमित सञ्चालनमा रहेका ५०० मासु पसलबाहेकका ठाउँमा समेत सयौँ मासु पसल दशैँको मौकामा फोहर ठाउँमा खुलेका छन् ।उपभोक्ता दिनेश यादवले मासु बिक्रेताले मासुको स्वास्थ्यताभन्दा मासु बेचेर कमाउने मात्रै उद्देश्य राखेकाले सर्वसाधारण जस्ले आफैँ खसीबोका वा बाख्रा बलि दिन सक्दैन त्यस्ता उपभोक्तालाई बढी मर्का परेको बताउनुभयो ।मासु खानयोग्य वा अयोग्यको विषयमा जानकारी नै नलिई बाध्य भएको र सुनसरीका अधिकांश उपभोक्ताले गुणस्तरहीन र फोहर मासु उपभोग गरिरहेका छन् । फोहर ठाउँ र अव्यवस्थित मासु पसलका कारण उपभोक्ता गुणस्तरहीन फोहर मासु खान बाध्य रहेको स्थानीयले जानकारी दिएका छन् ।इनरुवा बजार, सडक र आसपासको क्षेत्रमा जताततै मासु पसल रहेकाले स्थानीय उपभोक्ता गुणस्तरहीन र अस्वस्थकर मासु खान बाध्य रहेको स्थानीय मनिष चौधरीले गुनासो गर्नुभयो ।चौधरीका अनुसार जिल्लाको सदरमुकाम इनरुवासहित अधिकांश ठाउँमा पशु, खसी, बाख्रा मापदण्ड विपरीत बाँधी रहेको र फोहर ठाउँमा राखेर बेचिरहेकाले अवस्था रहेको छ । तिहारको समयसम्म अझै धेरै प्रदूषित मासु बेच्नका लागि व्यापारी उद्धत रहेको दोस्रो स्थानीय रामनरेश चौधरीले बताउनुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०५:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६