वैवाहिक बन्धनमा बाधिदै स्वर्ण विजेता अनुपमा मगर

काठमाडौं । करातेकी स्वर्ण पदक विजेता अनुपमा मगर वैवाहिक बन्धनमा बाधिन लागेकी छिन् । अनुपमा उनकै कराते प्रशिक्षक ध्रुबविक्रम मल्लसँग बुधवार (भोलि) वैवाहिक बन्धनमा बाधिन लागेकी हुन् ।

“निकै लामो समय अघिदेखीको चिनजान हो पछि प्रेम सम्बन्धमा परिणत भयो अनि अहिले विवाह गर्न लाग्यौ उनीहरुले विवाह गर्न लाग्यौँ ।” अनुपमाले भनिन् । उनले  मेहन्दीका फोटोसमेत आफ्नो फेसबुक वालमा सार्वजनीक गरेकी छिन् ।

अनुपमाले गत वर्ष नेपालमा भएको १३औं सागमा ६८ केजीमुनि इन्डोनेसियामा २०१८ मा भएको एसियाली खेलकुदकी कास्य पदक विजेता पाकिस्तानकी नर्गिसलाई ६-३ ले हराउँदै स्वर्णपदक जितेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?