ठगी मुद्दाको फरार प्रतिवादी पक्राउ, अदालतले सुनाएको थियो १२ लाख ३० हजार बिगो

काठमाडौं । अदालतले सुनाएको फैसलाबापतको बिगो रकम नतिरि फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका घर भइ हाल काठमाडौं माछापोखरी बस्ने ३८ वर्षीय शुवास लामा भनिने सुब्बा लामा रहेका छन् ।

उनलाई २०६७ साल जेठ २९ गते काठमाडौं जिल्ला अदालतले ठगि मुद्धामा १२ लाख ३० हजार जरिवाना सुनाएको थियो । तर लामा उक्त बिगो रकम नतिरि फरार रहेका थिए ।

फरार उनलाई मंगलवार बिहान अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुर महालक्ष्मी न.पा वडा नं. ३ टिकाथली बाट पक्राउ गरेको हो ।

त्यस्तै आज नै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?