काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमवार कोरोनाबाट २८ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।
अहिलेसम्म नेपालमा १७ लाख ४६ हजार ३३० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६१६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया