राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

काठमाडौं । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताए । पार्टी कार्यक्रमका लागि लहान आइपुगेका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए ।

उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?