काठमाडौं । फ्रेन्च रेफ्री स्टेफनी फ्रापर्ट च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री हुने भएकी छिन् । च्याम्पियन्स लिग अन्तर्गत बुधवार इटालियन क्लब युभेन्टस र डाइनामो किभबीचको खेलमा उनी मुख्य रेफ्री चयन भएकी छिन् ।

यस खेलसँगै स्टेफनी पुरुषको च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बन्ने छिन् । ३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन् ।
सन् २०१९ को महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत उनले खेलाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया