दाङ र गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका एक पुरुष र गुल्मीकी एक महिला रहेका छन् ।

अस्पतलमा सूचना अधिकारी डा। विष्णु गौतमले दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षीया महिलाको पनि गएराति नै मृत्यु भएको अस्पतलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?