वित्तीय पहुँचमा नेपाल : अझै ५ स्थानीय तहमा पुग्न सकेन वाणिज्य बैंकको शाखा

काठमाडौं । कुल ७५३ स्थानीय तहमध्ये २०७७ असोजसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा बिस्तार भएका छन् । २०७६ असोजसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा बिस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ असोज मसान्तमा १४६ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ असोज मसान्तमा ९९०३ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले गत वर्ष नै सम्पूर्ण बैंकहरुलाई स्थानीय तहमा पुग्ने निर्देशन दिए पनि अझै ५ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुग्न नसकेका हुन् ।

ताप्लेजुङ, धादिङ, जाजरकोट र बझाङका ५ स्थानीय तहमा शाखा कार्यालय खुल्न बाँकी रहेको छ। राष्ट्र बैंकका अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली र नेत्रावती, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिकामा शाखा कार्यालय पुग्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?