नेपाल बंगलादेश बैंकको ८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?