चीनले किम जोङ उनको परिवारलाई कोरोना भ्याक्सीन पठायो

काठमाडौं । अमेरिकाका एक एनालिस्टले चीनले उत्तर कोरियाका तानाशाह किम जोङ उन र उनका परिवारलाई कोरोना भ्याक्सीन दिएको दाबी गरेका छन् ।

अमेरिकी एनालिस्टले यो दाबी जापानको दुई इन्टेलिजेन्स रिपोर्टको आधारमा गरेका हुन् । उत्तर कोरियामा केहि मानिसहरुलाई भ्याक्सीन लगाइएको बताइएको छ ।

चीनले कुन कम्पनीको भ्याक्सीन पठाएको हो भन्ने कुरा केहि खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?