तरलता व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब रुपैयाँ गरी कुल ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् ३९ अर्ब ५२ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ४९ अर्ब ८० करोड रुपैयाँ गरी कुल ८९ अर्ब ३२ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब २४ करोड खूद खरिद गरी १४७ अर्ब ४३ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८९ करोड ८५ लाख खूद खरिद गरी १०२ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी ९९ अर्ब ६४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर १ अर्ब ६ करोड बिक्री गरी ११९ अर्ब ९८ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?