भक्तपुर । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरठिमी ९ का राजु तामाङ रहेका छन् ।
गएराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै तीव्र गतिको बा. ७३ प ३८२ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किन पुगेको थियो ।
दुर्घटनाबाट घाइते भएका तामाङको उपचारका क्रममा राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया