कोरोना संक्रमणबाट ८२ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिएन् ।

मंगलवार बिहान मृत्यु भएकी उनको शव नियमानुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?