कोरोना फैलियो भन्दै जेलमा हंगामा, ८ कैदीको मृत्यु, ५५ जना घाइते

काठमाडौं । कोरोना महामारीालई लिएर सोसल मिडियामा विभिन्न खबरहरु आईरहेका हुन्छन् । यसमा केहि त भ्रम पैदा गर्ने खबरहरु पनि हुने गर्दछन् ।

यिनै फेक न्यूजका कारण केहि क्षेत्रमा माहोल बिग्रिएको पनि देख्न सकिन्छ । एउटा यस्तै घटना श्रीलंकामा पनि भएको छ ।

Sri Lanka: कोरोना फैलने की अफवाह से जेल में भड़का दंगा, 8 कैदियों की मौत, 55 घायल

श्रीलंकाको राजधानी कोलम्बामा आईतवार यस्तै घटना भएको छ । कोरोना फैलाएको भन्दै जेलमा हंगामा भएको हो ।

जसमा परेर ८ जना कैदीको ज्यान गएको छ भने ५५ भन्दा धेरै घाइते भएका छन् ।

जेलमा कोरोना फैलिएको भन्ने थाहा पाएपछि कैदी भाग्न थालेका थिए । जसमा ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?