राष्ट्रिय वाणिज्य बैंकको मोबाईल बैंकिङ्ग सम्बन्धी अत्यन्तै जरुरी सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ ।

बैंकका ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।

दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले सूचनामार्फत ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?