१५ आश्विन २०७९, शनिवार

सिद्धबाबा सडक अवरुद्ध, यात्रु अलपत्र

२०७४,आश्विन,१४,शनिवार ०४:३०

0
Shares

पाल्पा, १४ असोज- पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो ।शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।सडक माथिबाट ठूलाठूला चट्टासहितको पहिरो खसेकाले उद्धारमा कठिनाइ भएको छ । गएरातिदेखि नै पहिरो हटाउने कार्य भए पनि अहिलेसम्म सडक खुल्न सकेको छैन । पहिरो हटाउनका लागि डोजर, स्काभेटर प्रयोग गरिए पनि ठूलाठूला ढुंगा भएकाले समस्या परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने भएका छन् । क्यानडाको ओटावामा असोज १९ र २० गते

काठमाडाैं । विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीवार सम्पन्न भएको

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । जिल्ला

ताजा समाचार