हजार्ड पुन: घाइते

काठमाडौं । रियल मड्रिडका स्टारइडिन हजार्डले पुन: चोट बोकेका छन् । रियलले हजार्डले पुन: थाइमा चोट बोकेको जानकारी दिएको छ ।

हजार्ड गत शनिवार आल्भेसविरुद्धको खेलमा ३० मिनेटमात्र मैदानमा उत्रिएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि हजार्डले पहिलो हाफमै मैदान छाडेका थिए ।

रियल मड्रिडले सोमवार गरिएको परिक्षणमा हजार्डको मांशपेशीमा चोट लागेको पत्ता लागेको पुष्टि गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?