प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेबाट

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेबाट शुरु हुने भएको छ ।  नेपाल क्रिकेट संघ क्यानले पीएम कप पुरुष क्रिकेट पौष ११ गतेबाट काठमाडौंमा शुरु हुने बताएको हो । साथै, क्यानले जिल्ला छनोटको काम अघि बढाउन जिल्ला क्रिकेट संघलाई निर्देशन दिएको छ ।

क्यानले जिल्ला क्रिकेट संघलाई जिल्ला छनोट मंसिर २१ भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?