प्रदेश नं १ मा थप २२६ जना कोरोना संक्रमित, १०२ निको भए

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पिसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ७६ मध्ये विराटनगरमा ४९, सुनसरीका ४८, झापाका ४५, ताप्लेजुङका २१, उदयपुरका नौ, इलाम र धनकुटाका पाँच/पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरका एक/एक र प्रदेश बाहिरका १३ जना रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ । प्रदेशमा आज १०२ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९१ हजार ४२६ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?