पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ९३१ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित छन् । पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५०८ पुगेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया